Home Uncategorized युवा संघ वडा कमिटि अध्यक्षको नेतृत्वमा रत्ननगरमा ५० जना युवा माओवादी केन्द्रमा...

युवा संघ वडा कमिटि अध्यक्षको नेतृत्वमा रत्ननगरमा ५० जना युवा माओवादी केन्द्रमा प्रवेश

श्रमिका दुवाडी,, वैशाख ०६- नेकपा एमाले निकट युवा संघका रत्ननगर १६ वडा कमिटि अध्यक्ष सुलज राना मगर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार भद्रकाली मन्दिर परिसरमा आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम मार्फत मगरको नेतृत्वमा ५० जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई प्रमुख अतिथि समेत रहेकी माओवादी नेतृ तथा बागमती प्रदेश सांसद कन्चन खनाल, पार्टी बागमती प्रदेशकी कोषाध्यक्ष संगिता भट्टराई, प्रदेश सल्लाहकार कमिटि सदस्य रत्न बहादुर मिश्र, नगर अध्यक्ष श्याम प्रसाद बराल, नगर कोषाध्यक्ष तथा युवा व्यवसायी आत्माराम कुमाल ‘प्रकास’, नगर सचिवालय सदस्य सुवास मिश्र लगायतले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले पार्टी प्रवेश गरेकाहरुलाई सहि समयमा सहि निर्णय लिएको बताईन्। रत्ननगर १६ उपेक्षामा परेको उल्लेख गर्दै खनालले नगरपालिकाका ठुला योजना र बजेट जति राजमार्ग भन्दा दक्षिण तर्फ मात्रै पर्ने गरेको आरोप लगाईन् ।  रत्ननगरको कर्णालीको रुपमा रहेको वडा नं. १६ मा विकासको लहर ल्याउन आउँदो स्थानिय निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन पनि उनले आग्रह गरिन् ।

स्रोतसाधन र बजेटको हिसाबले चितवनकै दोश्रो नगरपालिका भएपनि रत्ननगरले जनहितमा कुनै काम गर्न नसकेको उनको भनाई छ। माडी र भरतपुर महानगरले सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरेको उल्लेख गर्दै खनालले रत्ननगरका नगर प्रमुखलाई भुमी आयोगले लालपुर्जा वितरणको लागी सम्झौता गर्न आउनुस् भनेर बारम्बार ताकेता गर्दा पनि सुकुम्बासी प्रति बेईमान भई समयमा सम्झौता गर्न नगएको आरोप लगाईन् ।

कायक्रममा संक्षिप्त मन्तव्य राख्दै नवप्रवेशी सुलज राना मगरले नेकपा एमालेमा युवाहरुलाई कुनै अवसर नरहेको अनुभव गरेर माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए ।  एमालेमा रहेका केहि व्यक्तिहरुको आचरण र व्यवहारको कारण आफु उक्त पार्टी छोड्न बाध्य उनले बताए ।  नजिकिएको स्थानीय निर्वाचनमा युवा उम्मेदवारलाई अन्य पार्टीमा अवसर नभएपछी आफु सहितका युवाहरु विद्रोह गरेर माओवादीमा आएको उनको भनाई छ ।

 

नगर कमिटि अध्यक्ष रामप्रसाद रिमालको सभापतित्वमा भएको कार्यक्रममा नगर सह-सचिव एलिन गुरुङ (महावीर)ले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम पार्टी वडा सचिव बुद्धिमान गुरुङले संचालन गरेका थिए ।

 

https://ujyaalonepalnews.com/archives/19009

Previous articleगठबन्धनमा महानगर–उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छ : नेता पुन
Next articleचितवनमा ९ महिनामा सवारी कारबाहीबाट २ करोड ३२ लाख सङ्कलन 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।