Home Uncategorized १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

 

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५४७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ७०५ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १७० रहेको छ । पछिल्लो समय थप ३२ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ४५६ पुगेको छ । निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी पछिल्लो समय ३५ हजार ७२८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९८ रहेको छ । अहिले होम आइसोलेसनमा २९५ र संस्थागत आइसोलेसनमा तीन जना रहेका छन् ।
–––

https://ujyaalonepalnews.com/archives/19129

Previous articleरामेछापमा पहिलो पटक जुनार बिमा
Next articleराजनैतिक उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको हो : प्रचण्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।