Home Uncategorized न्युन चापीय प्रणालीकाे असर : फेरि बढ्याे वर्षा र हिमपातको सम्भावना

न्युन चापीय प्रणालीकाे असर : फेरि बढ्याे वर्षा र हिमपातको सम्भावना

नयाँ विकास भएको निम्न चापीय प्रणालीको कारण मध्य र पूर्वी नेपालमा शुक्रबार बिहानैदेखि मौसम बदली भएको छ।

नेपालको पूर्वी क्षेत्र नजिकै विकास भएको न्युन चापिय प्रणालीको कारण त्यस क्षेत्रमा वर्षाकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यले बताइन्।

‘बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र नजिक न्युन चापिय प्रणाली विकास भएको छ। त्यसको प्रभाव आज (शुक्रबार) अझ धेरै देखिएको छ,’ शाक्यले नेपालखबरसँग भनिन्, ‘यसको प्रभावले मध्य तथा पूर्वी पहाडी भूभागमा अहिले आशिंक देखि सामान्य बदली छ। कतिपय ठाउँमा दिउँसोपख हल्का वर्षा र हिमपातको समेत सम्भावना छ।’

अहिले मध्य तथा पूर्वी तराई भूभागमा हुस्सु र कुहिरो लागिरहेको शाक्यले बताइन्। पश्चिमी भूभागको थोरै स्थानमा पनि बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ। तर, दिउँसोपख क्रमशः यो हट्ने मौसमविद्को अनुमान छ।

न्युन चापिय प्रणालीको असरले बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम पनि बदली भएको छ। बिहानैदेखि घाम लागेको छैन। आज काठमाडौँ उपत्यकामा छिटपुट वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् शाक्यको भनाई छ।

पूर्वी र मध्यको तुलनामा पश्चिमी क्षेत्रको मौसम भने सामान्यतया सफा छ।

पश्चिमी वायुको प्रभाव सकिएकाले पश्चिमी क्षेत्रको मौसम सफा भएको हो। तर, भोली (शनिबार) देखि भने नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको नयाँ प्रणाली भित्रिने अनुमान मौसमविदले गरेका छन्।

आज बिहान काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम चार डिग्री सेल्सियस मापन गरिएको छ।

दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम १९ देखि २१ डिग्री सेल्सियस पुग्ने अनुमान छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १७ गते (शुक्रबार)

दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहनेछ। पुर्वी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भूभागमा आंसिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १८ गते ९(शनिबार)

दिउँसोः देशभर आशिंक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राति उच्च पहाडी तथा हिमाली भूभागमा आंसिक देखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १९ गते (आइतबार)

दिउँसोः पुर्वी तथा मध्य पहाडी भूभागमा आंसिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति देशभर मौसम सामान्यतया सफा रहनेछ।

चेतावनी तथा परामर्श
तराईका केहि स्थानमा हुस्सु र कुहिरोका कारण घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनुहुन अनुरोध छ।

कमाउन मलेशिया पुगेको थिए, ३० टनको केमिकलको ट्याङ्की भित्र ख’स्न पुगेँ, शरीरको ७२ प्रतिशत शरीरको भाग ज’ल्यो

Previous articleपुनः आन्दोलनको तयारीमा उखु किसान
Next articleमेस्सीको सानदार प्रदर्शनमा बार्सिलोनाको फराकिलो जित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।