पूर्व राज्यमन्त्री झाको निधन

काठमाडौँ- संविधानसभा सदस्य डा डिम्पलकुमारी झाको आज बिहान निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित उहाँको आज बिहान काठमाडौँको रानीबारीस्थित निवासमै निधन भएको हो ।

पूर्व राज्यमन्त्रीसमेत रहनुभएकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । लोसपाका नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी उहाँ दुई वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

करिब दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको उपचार भइरहे पनि पछिल्लो समय चिकित्सको सल्लाहमा घरमै रेखदेख भइरहेकामा आज बिहान निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।।

https://ujyaalonepalnews.com/archives/19245

Previous articleस्थानीय निर्वाचन : देशभर उम्मेदवारी मनोनयन शुरु, प्रमुख दलहरु उम्मेदवार टुंगो लगाउन व्यस्त
Next articleमेलम्चीको पानी आजबाट पुन: वितरण गर्न शुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।