मेलम्चीको पानी आजबाट पुन: वितरण गर्न शुरु

काठमाडौँ- काठमाडौँ उपत्यकामा पुन: आजवाट मेलम्चीको पानी वितरण शुरु गरिएको छ ।

मुहान क्षेत्रमा गएको पहिरो र वाढीवाट क्षतिग्रस्त बनेको सुरुङको हेडबक्सको निर्माण पछि आयोजनाले पुनः पानी वितरणको तयारी थालेको हो ।

सुरुङ्ग मार्ग हुदै ल्याइएको पानी सुन्दरीजलमा रहेको प्रसोधन केन्द्रवाट वितरण गर्ने तयारी आयोजनाले गरेको छ ।

आयोजनाले बनाएको वितरण प्रणालीको पाइपलाइन परीक्षणको काम बाँकी रहेकोले आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै पानी वितरण गरिने भएको हो । बिच्छाइएको १ हजार १० किलोमिटर पाइपमध्ये आधा भन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ ।।

https://ujyaalonepalnews.com/archives/19246

Previous articleपूर्व राज्यमन्त्री झाको निधन
Next article३६ करोड सजाय दावी सहित पाँच जना विरुद्ध मुद्धा दर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।