आयुष्मान र प्रियंकाको बिवाह मिति जुर्यो

0
76

ईटहरी / गएको २ वर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले आउँदो फागुनमा विवाह गर्ने भएका छन् । गएको वर्ष नै दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरुले फागुन १७ गते विवाह गर्न लागेको विश्वसनिय स्रोतले जानकारी दिएको छ । विवाहको मिति फाइनल भएपछि अहिले यो जोडी विवाहको तयारीमा जुटेको छ ।

चलचित्र ‘कथा काठमाण्डू’ को सेटबाट उनीहरुको प्रेम अंकुराएको थियो । प्रेम सम्बन्धमा रहेको कुरा बाहिर आएपछि यी दुईले पनि कहिल्यै लुकाएर हिँडेनन् । गएको २ वर्ष अगाडि एक अवार्ड कार्यक्रममा खुल्लम खुल्ला चुम्बन गरेपछि उनीहरु गहिरो प्रेममा रहेको प्रमाणित भएको थियो । त्यसयता ‘आयांक’ जोडीले एकअर्काप्रति प्रेम अभिव्यक्त गर्न कुनै माध्यम बाँकी छाडेका छैनन् ।

आयुष्मान र प्रियंका यसै वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह रोकिएको थियो । गएको मंसिरमा अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा अभिनेत्री प्रियंकाले अर्को वर्ष मात्र विवाह हुने बताएकी थिइन् । दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि अर्को वर्षलाई बिहे सरेको उनको भनाई थियो ।

तर, केही दिन अगाडि आफ्ना घनिष्ट साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेपछि भने प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो । दुई पटक इन्गेजमेन्ट भएर पनि विवाह हुन नसक्दा कतिपयले अब उनीहरुको विवाह नहुने अड्कल काटेका थिए । अब भने आयुष्मान र प्रियंकाले आउँदो फागुनमा अग्नि साक्षी राखेर सात फेरा लिने भएका छन् ।

The post आयुष्मान र प्रियंकाको बिवाह मिति जुर्यो appeared first on Purbeli News.

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अलमुताइरी थप दुई वर्ष नेपालमै रहने

Previous articleकार्यालय सहयोगीको आम्दानी ९ करोड !
Next articleश्रीमती भेट्न चीन पुगेका नेपाली चिकित्सक कोरोनाले अलपत्र