‘एक नम्बर प्रदेशको नामाकरण आगामी अधिवेशनले टुङ्ग्याउँछ’

0
63

झापा, १७ माघ । प्रदेश नम्वर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेशको नामकरण सहमतिबाटै आगामी अधिवेशनले टुङ्ग्याउने बताएकी छन् ।

सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता र झापामा भइरहेका विभिन्न सवालका सन्दर्भमा आज झापाको बिर्तामोडमा भएको छलफलमा उनले यस्तो बताएकी हुन् ।

उनले प्रदेशको नामकरण सम्वाद र सहमतिबाटै टुङ्गो लाग्ने दाबी गरिन्

समानता र सामाजिक न्यायको पक्षमा आफू सदैब अग्रसर भएर काम गर्ने उहाँले प्रतिवद्धतासमेत जनाइन् ।

छलफलमा विभिन्न राजनीतिक दलका युवा नेता तथा नेतृले राखेको धारणा र दिएको सुझवप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै राज्यमन्त्री गजमेरले सरकारका तर्फबाट खेल्ने भूमिकालाई प्रभावकरी बनाउने बताइन् ।

राज्यमन्त्री गजमेरको सम्मानसहित छलफल कार्यक्रमको आयोजना सम्वाद समूह झापाले गरेको थियो ।

सम्मान ग्रहणपछि राज्यमन्त्री गजमेरले आफू यो ठाउँमा पुग्नुमा सम्वाद समूहको पनि ठूलो भूमिका रहेको र संवादबाट धेरै सिकेको बताउँदै त्यो सीपलाई प्रदेशसभा र मन्त्रालयको कार्यसम्पादनमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले आफूपदमा रहँदा पदिय दुरुपयोग नगर्ने, प्रलोभनमा नपर्ने र कुनैपनि किसिमको भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाइन् । रासस

The post ‘एक नम्बर प्रदेशको नामाकरण आगामी अधिवेशनले टुङ्ग्याउँछ’ appeared first on Koshi Online.

स्थानीय तहका कर्मचारीहरुको लागि मेलमिलाप, कानुन निर्माण र राजपत्र सम्बन्धि तालिम सुरु

Previous articleकार्यालय सहयोगीको आम्दानी ९ करोड !
Next articleश्रीमती भेट्न चीन पुगेका नेपाली चिकित्सक कोरोनाले अलपत्र