रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ७ मा मेयर,उपमेयर, वडाध्यक्ष तथा सदस्यका उमेदवार सहित घरदैलो गरिएको छ । मेयर पदकी उमेदवार विमला दुवाडी,उपमेयर पदका उमेदवार यादव पाठक,वडाध्यक्ष पदका उमेदवार सजना महतो सहितका.उमेदवारहरुले घरदैलो गरेका हुन ।
मत माग्न घरमा पुगेका उमेदवारहरलाई वडाबासीले आर्शिबादसंगै स्वागत गरेका छन् । घरदैलो पछि आयोजित कोण सभामा मेयर पदकी उमेदवार विमला दुवाडीले रत्ननगरले महिला नेतृत्व खोजिरहेको भन्दै त्यसका लागि आफुले उमेदवार दिएका बताइन ।

आफु उपमेयर हुँदा पाँच बर्षको अबधिमा न्याय सम्पादन लगायतका विषयमा जनअपेक्षा अनुसार काम गरेको उनको भनाई छ । उपमेयर पदका उमेदवार पाठकले एमालेको नेतृत्वबाट मात्र नगरको विकास सम्भव रहेको भन्दै रत्ननगरलाई नमुना नगरको रुपमा विकास गर्ने उद्देश्यका साथ आफुले उमेदवारी दिएको बताए ।
घरदैलोमा केन्द्रीय सदस्य कपिलदेब पोखरेल,जिल्ला कमिटी सदस्य विन्दा कार्की,एमाले नेतृ महादेबी खतिवडा,लक्ष्मी पोखरेल लगायका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैबीच पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपा एमाले वडा नं ७ को पार्टी कार्यालय उद्घाटन गरेका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टी कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो ।
https://ujyaalonepalnews.com/archives/19634


