रंगेलीमा आगलागी, पाँच लाख बराबरको क्षति

विराटनगर / मोरङको रंगेली नगरपालिका–९ का सन्तोश नेपालको घरमा शुक्रबार आगलागी भएको छ । आगोले घर, घरमा रहेका काठपात, भाँडाकुँडा समेत जलेर ध्वस्त हुँदा पाँच लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताउनु भयो । खोले पकाउनेका लागि बालेको आगो घरमा सल्किएर घटना भएको जनाइएको छ । स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । समयमै नियन्त्रणमा लिन सकिएका कारण अरु थप क्षति हुन नपाएको प्रहरी निरीक्षक दाहालले बताउनु भयो ।

The post रंगेलीमा आगलागी, पाँच लाख बराबरको क्षति appeared first on Purbeli News.

युएईको रोयल गार्डमा कसरी जान सकिन्छ ? के के छ मापदण्ड ? हेर्नुस् विस्तृतमा

Previous articleनेपाल एयरलाइन्सले जापान, चिन, साउदी अरेबिया र दक्षिण कोरिया सिधा उडान गर्ने !
Next articleपर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।