पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

0
67

चितवन / भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पर्यटक बसमा सवार २१ जना चिनियाँसहित ३२ जना र घरमा रहेका एकजना महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको जनाइएको छ ।

The post पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते appeared first on Purbeli News.

बुर्काको बन्धन तोडेर टिसर्ट र पाईन्टमा जमेकी साउदी राजकुमार बिन तलाल कि पत्नी अमिरा

Previous articleनेपाल एयरलाइन्सले जापान, चिन, साउदी अरेबिया र दक्षिण कोरिया सिधा उडान गर्ने !
Next articleभारतीय क्रिकेट बोर्डको नयाँ कन्ट्रयाक्टमा पूर्वकप्तान धोनी परेनन्