भारतीय तीर्थयात्री बोकेको गाडी दुर्घटना, ५ जनाको मृत्यु

काभ्रे– काभ्रेमा बुधबार दिउँसो भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ ।

काठमाडौंबाट भारतको उत्तरप्रदेशका लागि छुटेको युपी ५७ टी ८१८१ बस र सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना १ ज ५२१० टाटासुमो रोशी गाउँपालिका वडा नम्बर ११ मा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार बसमा सवार तीर्थयात्रीहरु काठमाडौंमा पशुपतिनाथ दर्शन गरेर फर्कंदै थिए ।

https://ujyaalonepalnews.com/archives/19700

Previous articleनेपाली कांग्रेस रत्ननगर- ३ को चुनावी प्रचारमा बालबालिकाको प्रयोग
Next articleरातो मछिन्द्रनाथको रथ पुल्चोकबाट तानिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।