राज्यशक्तिको चरम दुरुपयोग, मौन अवधीमा रेणु दाहालको घर अगाडी सरकारी गाडीको लावालस्कर

0
35

चितवन,बैशाख २९- भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार रेनु दाहालको भाडाको निवासमा सरकारी गाडीको लाइन लागेको छ । आज (बुधवार) मौन अवधिको पहिलो दिन दाहालको निवास अगाडी ठूलो संख्यामा सरकारी र निजी गाडीहरुको लाइन लागेको हो ।

मौन अवधिको दिन मेयरका उम्मेदवारको घरमा ठूूलो संख्यामा सरकारी र नीजि गाडीको लाइन लाग्नुलाई संकास्पद रुपमा हेरिएको छ । उम्मेवारका निवासमा मौन अवधिका दिन नीजि र सरकारी गाडीको लाइन लाग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

भरतपुर राज्यशक्तिको चरम दुरुपयोग भएको भन्दै आलोचना हुने गरेको छ । यसअघि प्रचारप्रसारको अवधिमा पनि मन्त्रीहरुले नै आचारसंहित उलंघन गर्दै गठबन्धनका उम्मेदवारलाई भोट माग्दै हिडेका थिए ।

माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,संघिय मन्त्री उमा रेग्मी,प्रदेश मन्त्री घनश्याम दाहाल,मिलनबाबु श्रेष्ठ,कृष्ण खनाल,बलराम पौडेल निर्वाचनका लागि जिल्लामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

https://www.ujyaalonepalnews.com/archives/20003

Previous articleदार्चुलामा भूकम्पको धक्का
Next articleविशिष्ट व्यक्तित्व र शीर्ष नेताको मतदान कहाँबाट ?