Home Uncategorized चितवनको भरतपुर महानगरपालिकामा केहीबेरमा मतगणना सुरु हुँदै

चितवनको भरतपुर महानगरपालिकामा केहीबेरमा मतगणना सुरु हुँदै

३१ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु गर्न लागिएको छ ।

निर्वाचन आयोगले मतगणना गर्ने कर्मचारी तथा दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापनमा ढिलाइ गर्दा गणना दुई घण्टाभन्दा बढी ढिला भैसकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भनेर सूचना निकालेको थियो । शुक्रबार बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट गणना गर्ने निर्णय गरेपनि गणनामा ढिलाइ भएको छ ।

वडा नं. १ बाट मतगणना सुरु गर्ने तयारी छ । अहिले एउटा मात्रै वडाको मत गनेर जाने सहमति छ । पछि बढाएर विभिन्न ठाउँबाट गणना गर्ने तयारी छ ।

https://ujyaalonepalnews.com/archives/20046

Previous articleचितवनको खैरहनीमा कांग्रेसको अग्रता
Next articleकालिकामा विनोद अघिअघि शिवराम पछिपछि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।