भरतपुरमा कहिले विजय अगाडी अहिले रेणु अगाडी

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र नेकपा एमालेको कडा टक्कर देखिएको छ । माओवादीकी रेनु दाहाल र एमालेका विजय सुवेदी एक-अर्कालाई पालैपालो उछिनपाछिन गरिरहेका छन् ।

हालसम्म ५५ भोटको गणना भइसक्दा एमालेका सुवेदी अगाडि आएका छन् । उनले २३ भोट ल्याउँदै रेनुलाई पछि धकेलेका हुन् । रेनुको १९ भोट छ । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ भोट ल्याएका छन् । अहिलेसम्म ६ भोट बदर भएको छ ।

यस महानगरपालिकामा सत्तारुढ पाँच दलको गठबन्धनका तर्फबाट रेनु मेयरको उम्मेदवार हुन् । कांग्रेसका बागी उम्मेदवारले उनलाई अप्ठेरोमा पार्नसक्ने अनुमान भइरहेको छ ।

https://ujyaalonepalnews.com/?p=20063

Previous articleरत्ननगरमा मतगणना अत्यन्तै सुस्त, १०० मत गन्न ३ घण्टा
Next article२०० मत गन्दा रत्ननगरमा प्रलाद सापकोटा अगाडी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।