‘सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा’

0
48

कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र प्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रको निर्माणलाई अघि बढाउन पहल गरिरहेको बताउनुभयो ।

मन्त्री बडूले दैजी औद्योगिक क्षेत्रको निर्माण भइसकेपछि २२ हजार नागरिकले रोजगारी पाउने बताउनुभयो ।

कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीले सुख्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा सात अर्ब लाग्ने अनुमान गरिएको बताउनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/20221

Previous article७४७ मतगणना गर्दा रत्ननगर ५ को पछिल्लो अपडेट यस्तो छ
Next articleकार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले गएन