सार्वजनिक यातायातको भाडा बढ्यो

फाइल तस्बिर

काठमाडौं। यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै सो जानकारी दिएको हो।

विभागले सार्वजनिक यातायातको ३.५ देखि ५.१ प्रतिशतको दरले भाडा वृद्धि गरेको जनाएको छ। जसमा यात्रु वहाक सवारी साधनको भाडामा ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ र तराईका बाटोमा सञ्चालन हुने माल बहाक सवारीको भाडामा ५.१ वृद्धि गरेको छ। यातायातको भाडा वृद्धि गर्नुपर्ने मुख्य कारणमा विभागले डिजेलको मूल्य वृद्धि हुनुलाई जनाएको छ।

वृद्धि गरिएको भाडाको विवरण :

https://ujyaalonepalnews.com/archives/20276

Previous articleएमाले महासचिव उम्मेदवार जोशीको स्वास्थ्य अवस्था बुझ्‍न अस्पतालमा
Next article१५७६ मतगणना गर्दा रत्ननगर ९ को नतिजा यस्तो आयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।