लमजुङको क्व्होलासोथरमा एमाले विजयी

लमजुङ- लमजुङको क्व्होलासोथर गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष, उपाध्यक्षसहित आठवटै वडामा एमाले उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेका अनुसार अध्यक्षमा एक हजार ३६७ मतान्तरले सूर्यप्रसाद गुरुङ विजयी हुनुभएको छ । उहाँले तीन हजार ८५६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४८९ मत प्राप्त गर्नुभयो । मङ्गोल नेशनल अर्गनाइजेसनका भुवरजङ गुरुङले ५१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै गमिमाया गुरुङ एक हजार ६४९ मतान्तरले विजयी हुनुभएको छ । उहाँले तीन हजार ९८९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना गुरुङले दुई हजार ३४० मत प्राप्त गर्नुभयो । व्होलासोथरमा ९ हजार २९८ मतदाता रहेकामा ६ हजार ६५७ मत खसेको थियो ।

https://ujyaalonepalnews.com/archives/20368

Previous articleधनुषाको कमलामा कांग्रेस, मुखियापट्टीमा जसपा
Next articleमहोत्तरीको एकडारामा जसपा निर्वाचित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।