महोत्तरीको एकडारामा जसपा निर्वाचित

महोत्तरी- महोत्तरीको एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी हुनुभएको छ ।

अध्यक्षमा चार हजार ४९९ मत प्राप्त गरी दीपनारायण मण्डल र उपाध्यक्षमा चार हजार ६७१ मत प्राप्त गरी महजवी खातुन निर्वाचित हुनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामछविला साहले दुई हजार ४११ र उपाध्यक्षमा सोही दलकी रुक्साना खातुनले दुई हजार ७६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले जानकारी दिनुभयो । गाउँपालिकामा जसपाले वडा नं १, २, ३ र ६ मा तथा लोसपाले वडा नं ४ र ५ मा जीत हासिल गरेको छ ।

https://ujyaalonepalnews.com/archives/20369

Previous articleलमजुङको क्व्होलासोथरमा एमाले विजयी
Next article४०० मत गणना गर्दा रत्ननगर १६ को कस्तो छ अवस्था ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।