झलनाथ खनालको संयोजकत्वमा एमसिसीबारे सुझाव समिति गठन

काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन(एमसिसी)बारे सुझाव दिन नेकपा पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

यही माघ १५ गतेदेखि सुरु भएको उक्त बैठकले आइतबार समिति गठन गरेको हो ।

समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेका छन् ।

एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न ५५ अर्ब अमेरिकी डलर दिने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ । रासस

The post झलनाथ खनालको संयोजकत्वमा एमसिसीबारे सुझाव समिति गठन appeared first on Koshi Online.

सुकुमबासीलाई लालपूर्जा बाँड्दै रत्ननगर: नगरपालिका र भुमि आयोग बीच सम्झौता हुने

Previous articleराजेशपायल राईको ‘हुरुक्कै भएँ म’ सार्वजनिक (भिडियाे सहित)
Next articleएमसिसीबारे टुंगो लगाउन नेकपाको तीन सदस्यीय सुझाव समिति गठन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।