दैलेखमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेख- मुगुदेखि नेपालगञ्जका लागि छुटेको यात्रुबाहक बस दैलेखको आठवीसकोटमा दुर्घटनामा परेको छ ।

म १ ख ६६० नम्बरको बस आठबीस नगरपालिका-२, सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै ३४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले बस करिब ८ रात्रीमा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको छ । उहाँले बसमा ३५ जना सवार रहेकोमा ३ बालबालिका, ४ महिला र २८ जना पुरुष सवार रहेको जनाउनु भयो ।-

https://ujyaalonepalnews.com/archives/20647

Previous articleबजेट महिलामैत्री बनाउन गृहमन्त्रीसमक्ष माग
Next articleमतपरिणाम आउन बाँकी चार पालिकाको विवरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।