जापानले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर लगानी गर्ने

नयाँ दिल्ली। जापानले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर अर्थात् ३० खर्ब २० अर्ब भारु बराबरको लगानी गर्ने भएको सम्झौता भएको भारतले जनाएको छ ।

जापानी प्रधानमन्त्री फुमियो कासिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार नयाँ दिल्लीमा भएको शिखर वार्ताका क्रममा सो सम्झौता भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले आफू र आफ्ना जापानी समकक्षी किशिदाबीचको भेटवार्ता बृहत् र उपलब्धीमूलक भएको बताउनुभएको छ ।

मोदीले ट्वीटर सन्देशमा भन्नुभयो, “प्रधानमन्त्री किशिदासँगको वार्ता अर्थपूर्ण तथा उपलब्धीमूलक रहेको छ । उहाँ सधैँ भारतको असल मित्र हुनुहुन्छ । हामीबीच विगत केही बर्षमा भएका छलफल दुबै मुलुकको प्रगतिका कारक भएका छन् । जापानी प्रधानमन्त्रीसँग दुईपक्षीय सम्बन्ध बिस्तारका साथै क्षेत्रीय तथा अन्तराष्ट्रिय बिषयहरूमा छलफल भएको छ ।”

दुई देशबीच आपसी सहयोग सम्बन्धि ६ वटा सम्झौतामा पनि हस्ताक्षर भएको छ । मोदी र कासिदाबीच रुस–युक्रेन युद्ध र एशिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका विषयमा समेत छलफल भएको छ । जापानले पछिल्लो समय भारतमा लगानी बढाउँदै आएको छ ।

भारतको आर्थिक राजधानी मुम्बइदेखि औद्योगिक शहर अहमदावादसम्म बुलेट रेल बनाउने आयोजनामा पनि जापानले लगानी गरिरहेको छ । जापानले सन् २०१४ देखि ०१९ सम्म भारतमा २९ अर्ब डलर लगानीका आयोजना सम्पन्न गरिसकेको छ ।

एशिया प्रशान्त क्षेत्रका दुई ठूला अर्थतन्त्रबीचको नयाँ आर्थिक सम्झौताले यस क्षेत्रको स्थायित्वमा सघाउँ पुर्याउने विश्वास समेत गरिएको छ ।एएनआई

रत्ननगर १५ मा लोकसेवा तयारी कक्षाको समापन

Previous articleबैतडीको पाटनमा मिनी ट्रक दुर्घटना, एकको मृत्यु , ५ जना घाइते
Next articleकालिका र रत्ननगरको सिमाना बुढीकुलामा पुल निर्माण सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।