योजना आयोगद्वारा सरकारको आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौँ । राष्ट्रिय योजना आयोगको आज बसेको पूर्ण बैठकले आगामी आर्थिक बर्ष २०७९/८० को नेपाल सरकारको राजस्व र व्ययको अनुमान बजेट पारित गरेको छ ।

प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम रातो किताबलाई समेत पारित गरेको राष्ट्रिय योजना आयोगका प्रवक्ता डा.दिलबहादुर गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले सरकारको मध्यकालीन खर्च संरचनालाई समेत पारित गरेको छ ।

योजना आयोगबाट पारित भएको आगामी आर्थिक बर्ष २०७९/०८० को नेपाल सरकारको राजस्व र व्ययको अनुमान बजेट आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित भएपछि मात्र अर्थमन्त्री जर्नादन शर्माले संसद्को संयुक्त बैठकमा पेस गर्नु हुनेछ ।

https://ujyaalonepalnews.com/archives/20762

Previous articleपरिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे
Next articleराउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।