संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस

काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस भएको छ । 

आज अपराह्न ४ बजे बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेस गर्न अनुमति दिनुभएको थियो ।

अहिले बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको छ । 

यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रतिनिधिसभाको बैठकले शनिबार सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । साथै आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको थियो ।

https://ujyaalonepalnews.com/archives/20765

Previous articleराउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण
Next articleमन्त्रिपरिषदबाट बजेट पारित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।