मन्त्रिपरिषदबाट बजेट पारित

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पारित गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।

सङ्घीय संसद्को आज अपराह्न बस्ने संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने कार्यसूची छ ।

https://ujyaalonepalnews.com/archives/20767

Previous articleसंसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस
Next articleआर्थिक वर्ष २०७९/८० को बजेट : आयातबाट उत्पादनतर्फ प्रस्थान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।