शोक प्रस्ताव पारित

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले सांसद डा डिम्पल कुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ । बैठकले उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण गरेको थियो ।

विक्रम सम्वत् २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य एवं हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सदस्य झाको ४४ वर्षको उमेरमा गत वैशाख १० गते क्यान्सर रोगको उपचारको क्रममा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक जेठ १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

https://ujyaalonepalnews.com/archives/20955

Previous articleअध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघमा निर्वाचित
Next articleराष्ट्रपति भण्डारी सुर्खेतमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।