राष्ट्रपति भण्डारी सुर्खेतमा

0
26

सुर्खेत- राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुग्नुभएको छ ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उहाँ आज सुर्खेत आउनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी आज १ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुग्नुभएको जानकारी दिनुभयो ।

उहाँ नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आज अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नुहुनेछ ।

https://www.ujyaalonepalnews.com/archives/20956

Previous articleबलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन सङ्कल्प प्रस्ताव दर्ता
Next articleगृहद्वारा अर्को छानबिन समिति