स्याङ्जा । आर्थिक वर्ष २०७९/०८० को लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गर्नुभएको हो ।
उक्त रकम मध्ये समानीकरण अनुदानमा रु १ अर्ब २७ करोड १३ लाख, सशर्त अनुदानअन्तर्गत ३ अर्ब ३ करोड ५३ लाख, समपूरक अनुदान १६ करोड ३० लाख र विशेष अनुदान १९ करोड २८ लाख गरी जम्मा रु ४ अर्ब ६६ करोड २४ लाख विनियोजन गरेको छ ।
जस अनुसार स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ७० करोड १७ लाख र ६ गाउँपालिकाको लागि १ अर्ब ९६ करोड ७ लाख विनियोजन गरिएको छ । नगरपालिकामा सबैभन्दा बढी पुतली बजार नगरपालिकालाई ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोट नगरपालिकालाई ३९ करोड ७३ लाख विनियोजन गरिएको छ ।
यसरी समग्रमा स्याङ्जा जिल्लाको ११ स्थानीय तहहरूमा ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । अहिले विनियोजन गरिएको बजेट रकम अघिल्लो वर्षको भन्दा ३१ करोड ४८ लाख बढी हो ।
https://ujyaalonepalnews.com/archives/21049


