माप्य–खुम्बु जोड्ने मोटरेबल पुलको निर्माण सुरु

0
62

सोलुखुम्बु । सोलुखुम्बुको सोलूदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु र माप्यदुधकोशी गाउँपालिका १ जुभिङ जोड्ने मोटरेबल पुल निर्माण सुरु भएको छ ।

नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले पुलको शिलान्यास गर्दै दूधकोशी नदीमाथि मङ्सिरभित्रै मोटरेबल पुल तयार हुने बताउनुभयो । माप्य हुँदै खुम्बु जोड्ने सडक खण्ड पनि भएकाले यो मोटरेबल पुलले पर्यटन क्षेत्रमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

खुम्बु जोड्ने छोटो मार्गको रुपमा यो सडक रहेकाले तोकिएको समयमा गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई मेयर शेर्पाले निर्देशन दिनुभयो ।

महादेव खिम्ती हिराचन जेभीले सात करोड छ लाख ३३ हजार रुपियाँको लागतमा उक्त पुल बनाउन लागेको हो । गुणस्तरीय काम गरी पुल समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि बुद्धिबहादुर मगरले बताउनुभयो ।

पुल निर्माण भएपछि खुम्बु क्षेत्रमा सहज ढुवानी हुने भएकाले दैनिक उपभोग्य सामाग्रीहरूको मूल्य समेत सस्तिने स्थानीय बताउँछन् ।

https://www.ujyaalonepalnews.com/archives/21109

Previous articleराष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
Next article१५ ठाउँमा सौर्य ऊर्जा जडान