असिना पानीले कपुरकोटमा २ करोड बराबरको क्षति

0
45

सल्यान । सल्यानको कपुरकोटमा परेको असिना पानीले दुई करोड बराबरको तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको छ ।

बाक्लो असिना पानीका कारण सुन्तला, बेमौसमी तरकारी र नर्सरी ब्याड नष्ट भएको हो । असिना पानीका कारण १ करोड ९२ लाख ६० हजार १ सय ८० रुपैयाँ बराबरको क्षति भएको कपुरकोट गाउँपालिका कृषि शाखाले जनाएको छ ।

बिहीबार आएको असिना पानीले १९ किसानले राखेको नर्सरी ब्याडमा १ लाख ३२ हजार ५०० रुपैयाँ, तरकारी खेती गरेका ९५ किसानको ९८ लाख ४० हजार ४ सय ३० रुपैयाँ र ६५ किसानको सुन्तलामा ९२ लाख ८७ हजार २ सय ५० रुपैयाँ बराबरको क्षति भएको कृषि शाखा प्रमुख टिका कुमारी राईले जानकारी दिनुभयो ।

असिना पानीले विशेष गरी वडा न ४ को रावत टोल, गाडापानी, चिन्नेखोलामा क्षति गरेको उनको भनाई छ । वडाबाट मुचुल्का उठाउने काम भइरहेकाले क्षतिको विवरण बढ्ने सक्ने उहाँको भनाई छ ।

कपुरकोट क्षेत्र मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्रख्यात रहेको छ । आम्दानीको मुख्य स्रोत तरकारी तथा फलफूललाई बनाउँदै गएका कपुरकोटबासी यस पटक भने असिना पानीले क्षति पुर्‍याएपछि चिन्तित बनेका छन् ।

https://www.ujyaalonepalnews.com/archives/21111

Previous articleराष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
Next article१५ ठाउँमा सौर्य ऊर्जा जडान