सिन्धुपाल्चोकको लागि ४ अर्ब ६० करोडको बजेट

सङ्घीय सरकारमार्फत सिन्धुपाल्चोक जिल्लाको लागि  चार अर्ब ६० करोड ६७ लाखको बजेट छुट्टाइएको छ । सङ्घीय सरकारको आर्थिक वर्ष २०७९/८० विनियोजित बजेटबाट १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा चौतारा साँगाचोकगढी नगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । सो नगरपालिकाले ६५ करोड ६८ लाख पाउँदा भोटेकोशी गाउँपालिकाले २६ करोड आठ लाख प्राप्त गरेको छ ।

यसैगरी मेलम्ची नगरपालिकाले ६२ करोड ५ लाख प्राप्त गरेको छ । त्यस्तै बाह्रबिसे नगरपालिकाले ३७ करोड ७२ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले २७ करोड २४ लाख र लिसङ्खुपाखर गाउँपालिकाले ३० करोड ८३ लाख प्राप्त गरेको छ ।

यस्तै सुनकोशी गाउँपालिकाले ३६ करोड ३१ लाख, बलेफी गाउँपालिकाले ३३ करोड ९५ लाख र जुगल गाउँपालिकाले ३३ करोड ८२ लाख प्राप्त गरेको छ । यसैगरी इन्द्रावती गाउँपालिकाले ४४ करोड आठ लाख, पाँच पोखरी थाङ्पाल गाउँपालिका, ३३ करोड एक लाख र हेलम्बु गाउँपलामिमा ३० करोड छुट्ट्याएको छ । रासस

https://ujyaalonepalnews.com/archives/21143

Previous articleसामाजिक सुरक्षा कोष पुनर्संरचना आवश्यक : मन्त्री श्रेष्ठ  
Next articleविनियोजन विधेयक प्रस्ताव स्वीकृत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।