काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भ्रष्टाचार नियन्त्रणका लागि लेखा परीक्षण प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल अडिटर्स एशोसिएशनको आजदेखि काठमाडौँमा सुरु भएको छैटौँ राष्ट्रिय अधिवेशनको उद्घाटनका अवसरमा उपराष्ट्रपति पुनले आर्थिक अनियमितता नियन्त्रण गर्न लेखा परीक्षण प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति पुनले आर्थिक विकासका लागि लेखा परीक्षण प्रणालीलाई स्वतन्त्र र विश्वसनीय बनाउन सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महालेखा परीक्षक टङ्कमणि शर्माले आर्थिक अनुशासन कायम गरी सरकारका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउन लेखा परीक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओली, नेपाल अडिटर्स एशोसिएशनका संस्थापक अध्यक्ष मोहनराज रेग्मी लगायतले आर्थिक सुशासनका लागि लेखा परीक्षकहरूको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/21146


