३१ जना कृषकलाई मौरीसहित घार वितरण

तनहुँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कृषि ज्ञान केन्द्र तनहुँको सहयोगमा ब्लक विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा ३१ जना कृषकलाई मौरी घार वितरण गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका–२ वडा कार्यालय कोत्रे तनहुँको संयोजनमा ‘एक घर, एक मौरी घार’ अभियान सुरु गरी दोस्रो चरणमा मौरी सहितको घार वितरण गरिएको हो ।

कार्यक्रममा ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले किसानको घरमा एक घार भए पनि निर्वाहमुखी भएको भन्दै व्यावसायिक मौरीपालन गर्न सघाउ पुर्‍याउने योजनाका साथ यस पटक ३१ जना मौरी पालक कृषकहरूलाई तालिम दिएर मौरी सहितको घार वितरण गरिएको बताउनुभयो । उहाँले व्यवस्थापनमा जोड दिन स्थानीय सरकार वडा कार्यालयलाई आग्रह गर्दै मौरी पालनको लागि यो क्षेत्र, ठाउँ सुहाउँदो भएकोले ढुक्क भएर मौरीपालन गरी आय आर्जन गर्न कृषकलाई आग्रह गर्नुभयो ।

शुक्लागण्डकी नगरपालिका–२ का वडाध्यक्ष सुमन राना मगरले हरेक वर्ष फरक–फरक किसानलाई मौरी सहितको घार वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

तालिमसँगै घार, मह काढ्ने सीप र मह काढ्दा लगाउने पन्जा, पोसाक पनि वितरण गरिएको छ ।

सिप पाएसँगै यसलाई व्यावसायिक बनाउन सके आर्थिक आयआर्जन बढ्ने ज्ञान केन्द्रका राजेश्वर सिलवाल, पञ्चामृत मौरी ब्लक समन्वय समितिका संयोजक नन्दराज थापा र सचिव सुरज वाग्लेको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/21306

Previous articleबेतन कर्णाली जलविद्युत आयोजना, ४ सय ९० मिटर टेस्ट टनेल खनियो
Next articleप्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।