सेफ्टी ट्याङ्कीमा खसेर दुईको मृत्यु

चितवन- भरतपुर महानगरपालिका-१९ तमु टोलमा हिजो साँझ सेफ्टी ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको छ । स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका-९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी रहेका छन् ।

सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्याङ्कीमा खसेपछि उद्धार गर्न ट्याङ्की भित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि ट्याङ्कीमा पसेर मृत्यु भएको हो । उनीहरू लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा ट्याङ्की सरसफाइ गर्ने काम गर्दै आएका थिए ।-

https://ujyaalonepalnews.com/archives/21366

Previous articleप्रधानमन्त्री देउवा र भक्तपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच छलफल
Next articleराष्ट्रपतिद्वारा नेपाली खाद्य उत्पादन प्रबर्द्धनमा जुट्न सम्बद्ध सबैमा आह्वान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।