मर्स्याङ्दी र मध्यमर्स्याङ्दीको बिजुलीको निर्यात सुरु

0
46

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बिहीबारबाट मर्स्याङ्दी र मध्यम मर्स्याङ्दीको बिजुलीको पनि निर्यात सुरु गरेको छ ।

छिमेकी देश भारतमा यतिबेला ऊर्जाको अत्यधिक माग रहेकाले सो माग परिपूर्तिका लागि सामान्य रूपमा नै भए पनि प्राधिकरणलाई बिजुली निर्यात गर्न सहज भएको हो ।

हाल प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य प्रतियुनिट १९ रुपैयाँ २० पैसासम्म पाइने भएको जनाइएको छ ।

मनसुनका छ महिनामा मात्रै कुल २५ अर्ब बराबरको बिजुली निर्यात गर्ने लक्ष्य रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको भारत भ्रमणका क्रममा कुल ३६४ मेगावाट बराबरको बिजुली निर्यात गर्ने गरी सहमति भएको थियो । 

सोही आधारमा प्राधिकरणले २०० मेगावाट बराबरको बिजुली खुला बजारमा समेत बिक्री गर्ने तयारी गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/21414

Previous articleरु ५०० ले बढ्यो सुनको मूल्य
Next articleपृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध