काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो ।
मुद्रास्फीतिमा अन्तर्राष्ट्रिय रुपमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले ठूलो भूमिका खेलेको छ । यसले नेपालमा बढी आयात हुने पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढ्न पुगेको छ । गत आवको १० महिनामा मुद्रास्फीति ३.६५ प्रतिशत मात्र रहेको थियो ।
यस अवधि सम्ममा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
२०७८ वैशाखको तुलनामा यो वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २४.८६ प्रतिशतले, फलफूल १२.६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको मूल्यवृद्धि ११.३० प्रतिशत भएको छ ।
दाल तथा गेडागुडीको मूल्यवृद्धि १०.५३ प्रतिशत हुँदा सुर्तीजन्य पदार्थको मूल्यवृद्धि ९.७० प्रतिशत छ । गैर खाद्य तथा सेवा उपसमूह अन्तर्गत यातायातमा २१.८१, शिक्षामा ११.६४ र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा हिमाली क्षेत्रमा मुद्रास्फीति ८.२१ क्षेत्रमा तराई क्षेत्रमा मूल्यवृद्धि सबै भन्दा उच्च ८.१५प्रतिशत भएको छ भने काठमाडौँ उपत्यकामा ७.३९ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत छ ।
https://ujyaalonepalnews.com/archives/21473


