लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित

फाइल तस्बिर

रुपन्देही ।  लुम्बिनी प्रदेश सरकार आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ ।

आज बसेको प्रदेशसभाको १० औँ अधिवेशन अन्तर्गतको १० औँ बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले दर्ता गराउनुभएको संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।

आजको बैठकमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/21497

Previous articleनेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले
Next articleख्वप कलेजको दोस्रो राष्ट्रिय सम्मेलन सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।