काठमाडौँ । पहाडी जिल्लाबाट तराई तथा समथर स्थानमा बसाइसराइ गर्ने प्रवृत्तिमा भएको विकासले कृषि योग्य भूमि क्रमशः घट्दै गएको अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैङ्कले गरेको अध्ययनअनुसार कृषि उपजले ढाकेको भू–क्षेत्रमा ० दशमलव ५८ प्रतिशतले ह्रास देखिएको छ ।
गत वर्षको यसै अवधिमा यस्तो क्षेत्रफलमा ० दशमलव ७० प्रतिशतले ह्रास आएको थियो ।
खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला बाली लगाइने क्षेत्रलाई कृषि भूमिका रूपमा लिने गरिन्छ ।
यस्तै तरकारीले ढाकेको क्षेत्रफल नौ दशमलव नौ प्रतिशतले घटेको छ । गत वर्ष त्यस्तो क्षेत्रफल १३ दशमलव ८७ प्रतिशतले घटेको थियो । फलफूल तथा मसलाले ढाकेको क्षेत्रफल भने सात दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षमा यस्तो क्षेत्रफल तीन दशमलव २३ प्रतिशतले वृद्धि भएको थियो ।
https://ujyaalonepalnews.com/archives/21511


