हत्या गरेको अवस्थामा वडाध्यक्षको शव फेला

अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या भएको छ।

हत्या गरेर फालिएको अवस्थामा धामीको क्षतविच्छद शव घर नजिकै फेला परेको प्रहरीले जनाएको छ। धामी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन्।

‘हत्या कसले र किन गर्यो खुलेको छैन,’ कांग्रेस अछामका सहसचिव एवं प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले भने, ‘हामीले प्रहरीलाई तत्कालै अनुसन्धान थाल्न आग्रह गरेका छौँ।’

अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख दिपक भारतीले वताए।

धामीको शव मंगलवार विहान फेला परेको हो। उनको राति नै हत्या भएको आशंका स्थानीयले गरेका छन्।

धामी तत्कालिन नेकपा एमालेका उम्मेदवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका थिए।

डडेलधुरामा जनसहभागितामा सञ्चालन हुँदै भटमास उद्योग 

Previous articleकोरोना भाइरसबाट हङकङमा पनि एक जनाको मृत्यु
Next articleघुसखोरी सिडियो विरुद्ध एकैदिन पाँच मुद्धा दायर, के–के छन् आरोप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।