बहानाबाजी गरेर दुई इन्जिनियरले लिए १६ लाख घुस, अख्तियारले चलायाे मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान सिरहाका इन्जिनियर र सबइन्जिनियरविरुद्ध लाखौँ घुस रकम लिएको आरोपमा मुद्दा दायर गरेको छ।

इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर वीरेन्द्रकुमार साहमाथि आयोगले १५ लाख ९६ हजार बिगो माग्दै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजनाको अन्तिम बिल भुक्तानी लिने क्रममा बहानाबाजी गरेर दुई इन्जिनियरले घुस लिएका थिए।

सोसँगै दुवैलाई आयोगको कार्यालय बर्दिबासको टोलीले नियन्त्रणमा लिएको थियो। अख्तियारले अनुसन्धानपछि घुस रकमबराबरकै बिगो माग्दै आरोपपत्र दायर गरेको जनाएको छ।

निमित्त डिभिजन प्रमुख साहविरूद्ध पनि मुद्दा
यसैबीच, साेही कार्यालयका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साहविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेकाे छ। सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई ३ लाख घुस लिएका थिए। उनी पनि घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्।

सुर्यविनायक-जडिवुटी सडकमा यसरी गरियो लेन व्यवस्थापन

Previous articleनेकपाले मात्रै न्याय, समानता र समृद्धि दिन सक्छ : प्रधानमन्त्री
Next articleकोरोना भाइरसबाट संक्रमित महिलाले जन्माइन् स्वस्थ शिशु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।