Home Uncategorized चारकिलोमा पहिराे खस्याे, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चारकिलोमा पहिराे खस्याे, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

हिउँदे वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा शुक्रबार बिहान पहिरो खसेको हो।

बिहीबार रातिदेखि भएको वर्षाले पहिरो खसेपछि सडक एकतर्फी रुपमा सञ्चालन भएको छ।

पानी पर्न नरोकिएकाले पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

टयाक्सीमा हराएको नोकिया-८ फोन यात्रुलाई जिम्मा

Previous articleसरकारी अस्पतालबाट बिरामी निजीमा पठाइन्छ : स्वास्थ्यमन्त्री भानुभक्त ढकाल
Next articleचीनबाट फर्केका नेपाली विद्यार्थीलाई रहस्यमय कोरोना भाइरस लागेको आशंका
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।