
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई सुरुवाती झट्का लागेको छ। १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५ ओभर अगावै २ ब्याट्सम्यान गुमाएको छ।
ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का सजिलै आउट भए। भरपर्दा र अनुभवी ब्याट्सम्यान सुरुमै गुमाएको नेपाल दबाबमा आएको छ।
कप्तान ज्ञानेन्द्र लामो सट खेल्ने धुनमा कलिमुल्लाहको कलमा मोहम्मद नाभिदबाट क्याच आउट हुन पुगे। उनी ३ दशमलव ५ ओभरमा १ रन जोड्दा पवेलियन फर्केका हुन्। त्यस्तै पारस खड्का ३ रन जोड्दा विकेट किपर सुरज कुमारको हातबाट क्याच आउट भए।
अहिले क्रिजमा शरद भेषावकर र उपकप्तान दिपेन्द्रसिंह ऐरी क्रिजमा छन्।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रनको योगफल तयार पारेको थियो।
टाँडी नजिकै बन्यो सांस्कृतिक ग्राम, होमस्टे पनि संचालन हुने; मेयर वनले गरे उद्घाटन
