चितवन: विदेशबाट फर्किएको केही दिनमै गरे श्रीमानले श्रीमतीको हत्या

0
48

चितवन । चितवनमा श्रीमानले श्रीमतीको हत्या गरि आफैले आत्महत्या गरेका छन् । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाईलो चोकमा ३५ बर्षीया रुस्मा घिमिरे (आचार्य)को उनका श्रीमान ४३ बर्षका कृष्णप्रसाद आचार्यले घाँटीरेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

राति १० वजे घरमा बसेर मोबाईल हेरिरहेको समयमा पछाडीबाट श्रीमानले धारिलो हतियार प्रहार गरि उनको हत्या गरेका हुन् । उनको घटनास्थलमै ज्यान गएको हो ।

श्रीमतीको हत्या लगत्तै घरको छतमा पुगी हाम फालेर भाग्ने क्रममा श्रीमान कृष्णप्रसाद आचार्यकाे पनि ज्यान गएकाे छ । छतबाट खसेर गम्भिर घाइते भएका उनकाे नयाँ मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

कृष्णप्रसाद केहीदिन अघिमात्र विदेशबाट फर्किएका थिए । शव पोष्टमार्टमका लागि भरतपुर अस्पातलमा राखिएको छ ।

https://www.ujyaalonepalnews.com/archives/23420

Previous articleभैंसी चराउन चार महिना वनवास !
Next articleवैदेशिक रोजगारी: वर्षमै १५ सय नेपालीले विदेश मै गुमाउँछन् ज्यान