ओमानका वातावरणमन्त्रीलाई सगरमाथा संवादमा निम्तो

0
57

काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानका वातावरण तथा पर्यावरणमन्त्री मोहम्मद विन सलिम विन सेद अल टोवीलाई काठमाडौंमा आयोजना हुने ‘सरगरमाथा संवाद’ कार्यक्रमका लागि निम्तो दिएकी छन् ।

मन्त्री टोवीकै कार्यकक्षमा बुधबार भेट गरी राजदूत ढकालले आगामी अप्रिल २ देखि ४ सम्म काठमाडौंमा हुने कार्यक्रमका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पठाएको निम्तो मन्त्री टोवीलाई हस्तान्तरण गरेकी हुन् ।

भेटका क्रममा राजदूत ढकालले ‘सगरमाथा संवाद’ कार्यक्रमको उदेश्यबारे मन्त्री टोवीलाई जानकारीसमेत गराएकी थिइन् ।

मन्त्री टोवीले निमन्त्रणा ग्रहण गर्दै कार्यक्रम सफलताको लागि अग्रिम शुभकामना व्यक्त गरे । उनले कार्यक्रममा सहभागिता जनाउन नेपाल भ्रमण गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।

भेटघाटको क्रममा वातावरण तथा पर्यावरणको क्षेत्रमा नेपाल र ओमानबीच सम्भावित समझदारी तथा समन्वयको विषयमा पनि छलफल भएको छ ।

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छः अध्यक्ष ओली

Previous articleकाश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
Next articleप्रदेशमा जैविक अनुसन्धान केन्द्र खोल्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई