सशस्त्र प्रहरीका पाँच डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

0
62

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका ५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बिहीबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित बिशेष समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

नेपाल सरकार मन्त्रीस्तरको बुधबारको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई।किशोर प्रधान र राजेन्द्र बस्नेत पदोन्नती भएका हुन्।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र ईमान्दारिताको मुल्यांकन गर्दै उनीहरुको पदोन्नती गरिएको बताए।

खनालले संगठनले भ्रष्टाचार, मानवअधिकारको हनन् र लैंगिक हिंसामा शून्य सहनशीलताको नीति अवलम्वन गरेको चर्चा गर्दै जनचाहाना अनुरुपको कार्यशैली अपनाई व्यावसायिक रुपमा कार्यसम्पादनमा कटिबद्ध रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन पनि दिए।

पिठुवामा बहुउद्देश्यीय कभर्डहल बन्दै, मेयर नारायण वनले गरे शिलान्यास

Previous articleकाश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
Next articleप्रदेशमा जैविक अनुसन्धान केन्द्र खोल्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई