श्रीमतीले नै प्रेमीसँग मिलेर हिन्दुवादी नेता रन्जीतको हत्या गरिन्

४० वर्षका रन्जीतको लखनउमा मर्निङ वाकको क्रममा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको थियो।

यतिबेला रन्जीतको हत्यामा उनकै श्रीमती संलग्न भएको प्रहरीले बताएका छन्। रन्जीतकी दोस्रो श्रीमती र उनका प्रेमी हत्यामा संलग्न भएको बताइएको छ।

प्रहरीले रन्जीतकी श्रीमती स्मृति र उनका प्रेमीलाई पक्राउ गरेको छ। स्मृति र रन्जीतबीच केही समययता सम्बन्ध विच्छेदको विषयमा झगडा परिरहेको थियो।

यसबीचमा स्मृतिले प्रेमीसँग मिलेर रन्जीतको हत्याको योजना बनाएको जनाइएको छ। एजेन्सी

कोरोनाबाट इरानमा ५० जनाको मृत्यु भएको दाबी

Previous articleसशस्त्र प्रहरीका पाँच डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
Next articleप्याराग्लाइडिङबाट खसेका बंगलादेशी नागरिकको सकुशल उद्धार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।