उपाधि जित्ने लक्ष्य राखेको नेपाल पहिलो खेलमै स्तब्ध

उपाधि जित्ने लक्ष्यसहित एसीसी इस्टर्न रिजन टि-२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले पहिलो खेलमा नै मलेसियासँग २२ रनको हार ब्यहोरेको छ। 

बैंककस्थित ट्रेडथाई मैदानमा सम्पन्न खेलमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपाल १९.४  ओभरमा सवै विकेट गुमाएर १ सय ३२ रनमै समेटियो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८-३८ बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन।

उनीहरुबाहेक पवन सर्राफमात्रै दोहोरो(१९ रन) अंक जोड्ने खेलाडी रहे। पूर्वकप्तान पारस खड्का ९, विनोद भण्डारी ७, कुशल मल्ल ०, आरिफ सेख ५, करण केसी २, सन्दीप लामिछाने १ रनमै आउट भए।

त्यसअघि सन्दीप लामिछानेले ट्वान्टी–२० फर्म्याटको क्रिकेटमा नेपालका लागि सय विकेट लिने इतिहास कायम गरेको खेलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको हो।

मलेसियाका सइज अजिज साइद मुबारकले सर्वाधिक ५१ रन जोडे। यस्तै अमिनुदिन राम्लेले २९ तथा मोहम्मद अनवर अरुदिनले ३१ रन जोडे।

नेपालका लागि सन्दीपले ३ तथा अविनाश बोहराले २ विकेट लिए। यस्तै करण केसीले १ विकेट हात पारे।

यो पनि: लगातार दुई विकेट लिँदै सन्दीपले हासिल गरे ऐतिहासिक उपलब्धि

यो पनि: छनोट भएर पनि एसिया कप खेल्न नपाएको त्यो बेला 

बाबा दामोदरा नन्द ब्रह्मचारी सङ्ग्रहालय अलपत्र अवस्थामा

Previous articleविश्वका ५६ देशमा फैलियो कोरोना, हालसम्म ८३ हजारभन्दा बढीमा सङ्क्रमण भएको पुष्टी
Next articleशिक्षकको सामुहिक राजीनामापछि दैनिक ६ घण्टा हिँडेर आउने विद्यार्थीहरु मर्कामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।