विश्व बैंकद्वारा नेपाललाई २२ अर्ब ८२ करोड ऋण सहयोग

काठमाडौँ / विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । उक्त परियोजना कार्यान्वयनका लागि बैंकले अतिरिक्त ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका यहाँस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले हस्ताक्षर गर्नुभएको छ । उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिनेछ ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड–जेरभोसले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले निर्धारित समयमा आवासीय भवनहरु निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।

The post विश्व बैंकद्वारा नेपाललाई २२ अर्ब ८२ करोड ऋण सहयोग appeared first on Purbeli News.

कोरोनाले विश्वव्यापी महामारी ल्याउन सक्छः विश्व स्वास्थ्य संगठन

Previous articleके कोरोनाबारे चीनले दिएको जानकारी पत्याउन सकिन्छ ?
Next articleसिनेटबाट ट्रम्पलाई महाअभियोगमा सफाइ, राष्ट्रपति पदबाट हट्नु नपर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।