कतार एयरवेजले सातौंपटक जित्यो ‘एरलाइन अफ द इयर अवार्ड’

काठमाडौं– कतार एयरवेजले सातौंपटक ‘एयरलाइन अफ द इयर अवार्ड’ जितेको छ। एयरलाइन्‌सले विश्वकै उत्कृष्ट बिजनेस क्लास, विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि जितेको छ। सन् २०२२ मा एयरलाइन्‌सले आफ्नो २५औं वार्षिकोत्सव मनाइरहेका बेला अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काईट्रेक्सले सातौं पटक एयरलाइन अफ द इयरको उपाधि दिएको हो।

लण्डनमा आयोजित एक भव्य समारोहमा विश्वकै उत्कृष्ट बिजनेस क्लास, वल्ड्र्स बेस्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र बेस्ट एयरलाइनइन मिडल इस्ट गरी थप तीन वटा अवार्ड पनि जितेको छ।

कतार एयरवेजले सन् २०११, २०१२, २०१५, २०१७, २०१९, २०२१ र अहिले २०२२ मा एयरलाइन अफ द इयरको उपाधि जितेको कतार एयरवेजले जनाएको छ।

कतार एयरवेजको घरेलु विमानस्थल र हब, हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई हालै विश्वको सर्वश्रेष्ठ विमानस्थल २०२२ को रूपमा मतदान गरिएको थियो।

https://ujyaalonepalnews.com/archives/24463

Previous articleचाडपर्व मनाउन घर फर्कदै हुनुहुन्छ ? विदेशबाट फर्कनेलाई के के सामानमा भन्सार छुट ?
Next articleचितवनमा बँदेलको आक्रमणबाट एकजनाकाे मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।