आश्विन ०९,चितवन । भरतपुर महानगरपालिका वडा नं–१२, नौरङ्गेका ४० वर्षीय दीपक विकको जङ्गली बँदेलको आक्रमणबाट आइतबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको छ । यही असोज ७ गते बिहान ६ बजेको समयमा मर्निङवाक जाने क्रममा नौरङ्गस्थित जङ्गलबाट एक्कासि निस्किएको जङ्गली बँदेलले आक्रमण गरी गम्भीर घाइते भई भरतपुर अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालमा भर्ना भएका विकको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । बँदेलको आक्रमणबाट घाइते विकको पेटमा गहिरो चोट लागेको थियो भने शरीरका विभिन्न ठाउँमा चोट रहेको थियो ।
यो पनि पढ्नुहोस्: गाडीबाट झरेर जङ्गलतर्फ गएका यात्री बेपत्ता

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा खाना खुवाउनका लागि हाइस रोकेको अवस्थामा जङ्गलतर्फ गएको एक जना यात्रु जङ्गलमै बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ ख ६८०१ नं।को हाइसमा सवार काभ्रे जिल्लाका ३५ वर्षीय प्रविण तामाङ्ग बेपत्ता भएका हुन् ।
तामाङ जङ्गलतर्फ गई नफर्किएको भनी उक्त हाइसको चालकले प्रहरी चौकी दाउन्नेलाई खबर गरेपछि खोजी गरिएको र उनको अवस्था अझैसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/24465


