उज्यालो नेपाल- काठमाडौं निर्वाचन क्षेत्र नं ८(२) प्रदेश सभा सदस्यको लागी लक्ष्मण शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पेशाले कानुन व्यवसायी रहेका शाही विभिन्न सामाजिक संस्थामा आबद्ध रहि जनताहरुको सेवामा आफ्नो जीवन समर्पित गरेका युवा हुन् ।
आफ्नो क्षेत्रको समग्र विकास र समुन्नतीको लागी स्थानीय,युवा तथा महिलाहरुको सुझावमा आफुले उम्मेदवारी दिएको शाहीले बताए । देशैभरी युवाहरुले स्वतन्त्र उम्मेदवारी दिने लहर चलिरहेका बेला शाहीले पनि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
आफुलाई उक्त क्षेत्रका मतदाताले विश्वास गरि विजयी बनाउनेमा आफु विश्वस्त रहेको शाहीले बताए ।

https://ujyaalonepalnews.com/archives/24595


